वीरगन्ज :

माधव र बाबुराममाथि मुद्दा चलाउनु नपर्नाको १५ दिनभित्र लिखित कारण पेश गर्न सर्वोच्चको आदेश

श्रेणी : BANNER

2 years
birgunj report
151Views
0 Shares

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि मुद्दा नचलाउनुको कारण मागेको छ ।

 न्यायाधीश विनोद शर्माको एकल इजलासले विपक्षी नेपाल सरकार, सीआईबीलगायतलाई कारण देखाउ आदेश जारी गरेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाइएको भन्दै रिट दायर गरेका थिए ।

सर्वोच्चले नेपाल र भट्टराईमाथि मुद्दा चलाउनु नपर्ने कारणसहित १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिएको छ । सीआईबीले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन भूमिसुधारमन्त्री, सचिव, मालपोत र नापीका कर्मचारी, जग्गा खरिदकर्तालगायतविरुद्ध कीर्ते अभियोगमा मुद्दा दायर गरेको थियो ।

यो मुद्दामा पूर्वप्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै सार्वजनिक आलोचना भएपछि सीआईबीले मौकाको कागज गरी पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई सरकारी साक्षीको रुपमा प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *