वीरगन्ज :

माधव नेपाल भन्छन् -यथास्थितिमा बजेट पास भए सरकार दुर्घटनामा पर्नसक्छ

श्रेणी : BANNER

2 years
birgunj report
6Views
0 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बजेट यथास्थितिमा पास भए सरकार दुर्घटनामा पर्नसक्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले बजेटप्रति साथीहरु असन्तुष्ट रहेको बताए ।

उनले भने, ‘बजेटप्रति साथीहरू आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ की जस्तो पनि लाग्छ । सरकार दुर्घटनामा जान्छ । तर त्यस्तो नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ।’

उनले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष नै चलाउनुपर्ने र आफू त्यसैको पक्षमा रहेको बताए । अध्यक्ष नेपालले बजेकाबारेमा प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता देखाउनुपर्ने बताए । गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित बजेट भएको भन्दै एमाले लगायत सत्तारुढ दलका नेताहरुले पनि असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *