वीरगन्ज :

माधवले सम्झिए गिरिजा र माओवादी लडाकु

श्रेणी : प्रदेश

10 months
Pradeep Sah
2.7kViews
1847 Shares

काठमाडौं, १३ पुस । माधवकुमार नेपालले गिरिजाप्रसाद कोइरालासँगको सहकार्यको सम्झना गर्दै माओवादी शान्ति प्रक्रियामा भूमिका पनि उजागर गरे ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन विद्रोही नेकपा (माओवादी)लाई मूलधारको राजनीतिमा ल्याउन अहम भूमिका निर्वाह गरेका स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष नेपालले एक पुरानो तस्बिर सेयर गर्दै, त्यसमा उनी र नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला सँगै आन्दोलनको मोर्चामा बसेको देखाइएको छ। तस्बिरसँगै नेपालले क्याप्सनमा लेखेका छन्, “इतिहास हो तर धेरै पूरानो होइन…”

सोही क्याप्सनको तलतिर, अध्यक्ष नेपालले तत्कालीन माओवादी विद्रोही लडाकुहरूको क्यान्टोमेन्टमा पुग्दा खिचिएको अर्को तस्बिर पनि राखेका छन्, जहाँ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङसँगै माओवादी लडाकुहरूको बीचमा हिँडिरहेका देखिन्छन् ।

त्यस समयमा माओवादी लडाकुका डेप्यूटी कमान्डर रहेका नन्दकिशोर पुन ‘पासाङ’ पनि माओवादी लडाकुहरूको पोसाकमा देखिएका छन् ।

अध्यक्ष नेपालले यस तस्बिरमार्फत शान्ति प्रक्रिया र माओवादीलाई मुख्यधारा राजनीतिमा ल्याउन स्व. गिरिजाप्रसाद कोइरालाको योगदानलाई सम्झना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *