वीरगन्ज :

माधवनारायण गाउँपालिकाका निमित्त कार्यकारी प्रमुखविरुद्ध अनियमितताको उजुरी

श्रेणी : मधेस

6 months
Pradeep Sah
2.4kViews
1634 Shares

रौतहट,२९ चैत । रौतहटको माधवनारायण गाउँपालिकामा कार्यरत निमित्त कार्यकारी प्रमुख इन्जिनियर नागेन्द्रप्रसाद यादवविरुद्ध अनियमितताको आरोप लाग्दै संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।

नेपाली कांग्रेस मधेस प्रदेशका प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले समितिका सभापति रामहरि खतिवडासमक्ष उजुरी दिंदै यादवको नियोगबारे छानबिनको माग गरेका हुन्।गुप्ताको उजुरीमा उल्लेख भएअनुसार यादव गौर नगरपालिकाको दरबन्दीमा रहे पनि उनलाई काजमा ल्याई माधवनारायण गाउँपालिकाको निमित्त कार्यकारी प्रमुख बनाइएको छ, जुन प्रक्रिया गैरकानुनी रहेको दाबी गरिएको छ।

उजुरीमा भनिएको छ, “माधवनारायण गाउँपालिकामा उपसचिव तहको दरबन्दी रहेको भए पनि प्रशासकीय अधिकृत नपठाई कानुनविपरीत काजमा रहेका व्यक्तिलाई प्रमुखको जिम्मेवारी दिइएको छ। यसबाट स्थानीय तहमा भ्रष्टाचारको वातावरण सिर्जना भएको छ।”

गुप्ताले यादवलाई काममा रोक लगाउन माग गर्दै उपसचिव तहको कर्मचारीलाई कार्यकारी प्रमुखको रूपमा खटाउन अनुरोध गरेका छन्।

उक्त उजुरीपछि समितिका सभापति खतिवडाले समिति सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आवश्यक छानबिन गरी दोषी भेटिए कानुनी कारबाही गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *