श्रेणी : BANNER
काठमाडौं,२५ पुस । २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र प्रस्तुत गर्नु पर्ने निर्णय लागू गरिएको छ। नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै यस निर्णयको कार्यान्वयन गर्न निर्देशन दिएको हो।
राष्ट्र बैंकका अनुसार, २०८१ माघ १ देखि बैंक र वित्तीय संस्थाले ग्राहकको राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखको आधारमा खाता खोल्ने प्रक्रिया अघि बढाउनु पर्नेछ। यसमा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बरका आधारमा खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ।
नेपाल सरकारका विभिन्न सामाजिक सुरक्षा र सरकारी भुक्तानीसँग सम्बन्धित प्रक्रियाहरूको आधारमा बैंकहरूले खाता खोल्नुपर्नेछ। यस्ता खाताबाट रकम झिक्नुअघि ग्राहकको पहिचान र सम्पुष्टिका लागि बैंकले अतिरिक्त चेक गर्नुपर्ने बताइएको छ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया