वीरगन्ज :

माग पूरा नभए निर्माण व्यवसायी भाेलीदेखि सडक आन्दोलनमा

श्रेणी : प्रदेश

6 months
Pradeep Sah
2.3kViews
1391 Shares

काठमाडौं,१७ माघ । निर्माण व्यवसायीहरूले आफ्ना मागमा सरकारको उदासीनता जारी रहे आगामी शुक्रबारदेखि सडक आन्दोलन गर्ने घोषणा गरेका छन्। उनीहरूले माइतीघर मण्डलामा भेला भएर बानेश्वरस्थित संसद भवनसम्म प्रदर्शन गर्ने तयारी गरेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघले माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि पूर्व-पश्चिमका नाका ठप्प पार्ने चेतावनी दिएको छ। माग पूरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै निर्माण कार्य बन्द गर्ने चेतावनी महासंघले दिएको छ।

निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समयदेखि भुक्तानी नपाएको, राष्ट्र बैंकले कटौती गरेको सुविधा लगायतका कारण निर्माण क्षेत्र सङ्कटमा परेको व्यवसायीहरूको गुनासो छ।

महासंघका अध्यक्ष रवि सिंहले पटक-पटक सरकारलाई समस्या समाधानका लागि आग्रह गरे पनि कुनै सुनुवाइ नभएको बताए। उनले भने, “प्रधानमन्त्रीसँग छलफलको अवसर नै नपाएपछि सडक संघर्षमा जान बाध्य भएका हौँ।”

पछिल्लो तीन महिनायता सिमेन्टको मूल्यमा भएको वृद्धिले निर्माण व्यवसायीहरूलाई थप मारमा पारेको छ। सार्वजनिक लेखा समितिमा निर्माण व्यवसायी र सिमेन्ट उद्योगीबीच भएको छलफल निष्कर्षविहीन भएको थियो।

सिमेन्ट उत्पादक संघले मूल्य वृद्धि नभई घाटा समायोजन भएको दाबी गरे पनि व्यवसायीहरूले यो तर्क अस्वीकार गरेका छन्। समितिले सिमेन्ट मूल्य वृद्धि नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए पनि हालसम्म कुनै ठोस उपाय निस्किएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *