वीरगन्ज :

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.3kViews
1633 Shares

काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रको शनिबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

पार्टी अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरूको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठक दिउँसो २ बजे बस्ने तय थियो । आजको बैठक अब भोलि बिहान ८ बजेदेखि बस्नेछ ।

यस्तै पार्टीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु हुँदैछ ।

बैठक दिउँसो १ बजे स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा बस्ने ढकालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *