वीरगन्ज :

माओवादीले गठबन्धनको विकल्प सोचेको छैन : महासचिव गुरुङ

श्रेणी : BANNER

2 years
birgunj report
116Views
0 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि अहिलेको सत्ता गठबन्धनको विकल्प नखोजेको बताएको छ । शनिबार पदाधिकारी बैठकले सरकार गठनका लागि सबै विकल्प खुला रहेको बताएको माओवादीले आइतबार भने सत्ता गठबन्धनको अर्को विकल्प नखोजेको बताएको छ ।

आइतबारको बैठकपछि माओवादी महासचिव देव गुरुङले अर्को विकल्पबारे कुनै छलफल नभएको बताए । एमालेसँग गठबन्धन गर्ने विषयमा कुनै पनि प्रकारको कुरा नै नभएको भन्दै उनले पहिलो प्रयास सत्ता गठबन्धनमै हुने बताए । उनले भने,‘गठबन्धन फेर्नुपर्छ भन्ने कुरा भएको छैन। गठबन्धनमा पहिले वार्ता गरौँ। अनि मात्रै थप कुरा हुन्छ। अहिले पार्टीले गठबन्धनको विकल्प खोजिसकेको छैन।’ उनले नयाँ सरकारको नेतृत्वमा पनि माओवादीले दाबी गरि नसकेको बताए।

उनले गठबन्धनको आपसी सहमतिमा सरकारको नेतृत्व तय हुने बताए। उनले भने,’अहिले त्रिशंकु संसद आएको छ, सबैको आपसी सहमतिबिना सरकारको नेतृत्वको कुरा सम्भव छैन । माओवादी परिवर्तनको बाहक भएकाले हाम्रो मागदाबी हुन सक्छ । तर आपसी सहमतिबाटै जानुको विकल्प छैन।’

शनिबार बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने निष्कर्ष निकालिएको उपाध्यक्ष कृष्णबहादुर महराले बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *