वीरगन्ज :

माउन्ट मकालूमा निःशुल्क दन्त शिविर सम्पन्न

श्रेणी : मधेस

2 years
Pradeep Sah
99Views
0 Shares

वीरगंज । वीरगंजकाे अशोकवाटिकास्थित माउन्ट मकालू इंगलिश बाेर्डिङ्ग स्कुलमा बिहिबार निःशुल्क दन्त शिविर सम्पन्न भएको छ ।

विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ३५० जनाको निःशुल्क दन्त परिक्षण गरिएको छ ।

शान्ति पॉलिक्लिनिकको सहकार्यमा माउन्ट मकालू इंगलिश बाेर्डिङ्गस्कुलद्वारा आयोजित शिविरमा विद्यार्थीहरुको दाँत जेकजाँच गरिएको हो ।

शिविरमा डा. प्रीति चौरसिया, डा. समझना यादव, डा. बिकाश पटेलले विद्यार्थीहरुको दाँत परीक्षण गरेको स्कुलका प्रिन्सपल राहुल श्रीवास्तवले बताए ।

शिविरमा स्कूलका संस्थापक कामेश्वर प्रसाद श्रीवास्तव, लिटल बडी इन्टरनेशनल प्रि-स्कुल वीरगंजका प्रिन्सपल बिजय कुमार बल, वाईस प्रिन्सपल माउन्ट मकालू इंगलिश बाेर्डिङ्गस्कुलका रेखा जैसी, संचारकर्मी दिपु वर्णवाल लगायतकाे उपस्थिति रहेको थियो । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *