वीरगन्ज :

माउन्ट मकालुमा फूड फेस्टिवल सम्पन्न

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.9kViews
1284 Shares

वीरगंज । माउन्ट मकालु बाेर्डिङ्ग स्कुल वीरगंजले साेमबार आयाेजना गरेकाे फूड फेस्टिवल सम्पन्न भएकाे छ । वीरगंजकाे अशाेकबाटिका स्थित विद्यालय प्राङ्गणमा भएकाे कार्यक्रममा विद्यार्थीहरुले आफै विभिन्न किसिमकाे खानाकाे परिकार बनाउनु साथै विक्री समेत गरेका थिए ।

विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुकाे लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत फुड फेस्टिवल आयाेजना गरिएकाे स्कुलका प्रिन्सपल राहुल श्रीवास्तवले वताए । पढाईकाे साथ साथै दैनिक जिवनमा उपयाेगमा आउने क्रियाकलापकाे जानकारी गराउने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे उनले वताए ।

विभिन्न समुह बनाएर विद्यार्थीहरुले माेमाे, छाेला भटाेरा, पनिर चिलि, लिटी चाेखा, दही पुरी, चेउपा, पानी पुरी, चटपटे, पकउरी लगायतका खानाकाे परिकार बनाएका थिए । कार्यक्रममा सहभागि अभिभावक लगायतका अतिथीहरु साे परिकार खरिद गरि खाने गरेका थिए ।

कार्यक्रममा विभिन्न खेलहरुकाे स्टलहरु राख्नुकाे साथै सांस्कृतिक कार्यक्रम समेत आयाेजना गरिएकाे थियाे ।

स्कुलका संस्थापक कामेश्वर प्रसाद श्रीवास्तवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लिटल बडि इन्टरनेशनल स्कुलका प्रिन्सपलका विजय बल, लोक नेपालका निर्देशक युराज केशरी, कन्चन जंगा स्कुलका निर्देशक मार्टिन मोक्तान, वीरगंज युवा समाजका कमल चौलागाई, वीरगंज मोन्टेशरी स्कुलका प्रिन्सपल प्रियांका गुप्ता ,पत्रकार जगत राई, शम्भु कुमार सुमन, दिपु बर्णवाल, विद्यालयका शिक्षक, शिक्षिका लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *