वीरगन्ज :

माईस्थान पार्कमा योमरी पुन्हि कार्यक्रम

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.1kViews
1366 Shares

वीरगंज (पर्सा), १० पुस । नेवार समूदायको महिला संगठन नेवा मिसा दबू जिल्ला कार्य समिति पर्सा र भिन्तुना गुठीले संयुक्त रुपमा वीरगञ्जस्थित माईस्थान पार्कमा योमरी पुन्हि कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको नेवाः समूदायका जेष्ठ नागरिक सन्ना गुठीका थकाली हेरम्ब प्रसाद जोशी तथा शान्ति गुर्बाचार्यले संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सन्ना गुठीका थकाली हेरम्ब प्रसाद जोशीले नेवार समूदायमा जन्मदेखि मृत्युसम्म गरिने थुप्रै संस्कारहरु रहेको बताउनुभयो । पछिल्लो समय नेवा भाषा लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले आफ्नो चाडपर्वसंगै नेवा भाषाको संरक्षण गर्नुपर्ने कुरामा जोड दिनुभयो । योमरी पुन्हि पर्व घरभित्र मात्र मनाउदा नेवार समुदायमा मात्र सिमित हुने भएकाले सबैलाई यो पर्वको बारेमा जानकारी गराउन समुदाय स्तरमा पर्व मनाइएको नेवा मिसा दबू पर्साकी अध्यक्ष मिरा प्रधानले जानकारी दिनुभयो ।

यस्तै योमरी पुन्हिको अवसरमा भिन्तुना गुठी ¥याली निकालेको छ । वीरगञ्जस्थित माईस्थान पार्कबाट सुरु गरिएको ¥याली विर्ता, आदर्शनगर हुँदै पुनः माईस्थान पार्कमा समापन भएको सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । नेवार संस्कृतिको संरक्षण र प्रबद्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *