श्रेणी : समाचार
      46Views
      
      
      0
      Shares
      
      
काठमाडौं । माइतीघर मण्डलमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । नागरिकताको माग गर्दै आन्दोलन गर्दै आएका एक युवाले शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए ।
शरीरमा आगो लगाएर घाइते भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएर राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ ।
आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा दिनहुँ प्रदर्शन गर्दै आएको छ ।
    
    
    
									
									
									
									
									
        
        
प्रतिक्रिया