वीरगन्ज :

माइतीघरमा स्वर्गद्वारी गुठी पीडित मोही किसानहरू कृषि कर्ममा प्रयोग गरिने औजार लिएर धर्नामा

श्रेणी : कृषि

2 months
Pradeep Sah
2.9kViews
1210 Shares

काठमाडौं,२५ माघ । दाङको स्वर्गद्वारी गुठी पीडित मोही किसानहरू यही माघ २० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा छन् । परम्परागत पोशाकमा सजिएर हलो, कुटो, कुदालोसहित कृषि कर्ममा प्रयोग गरिने औजार लिएर धर्नामा बसेका उनीहरू सरकारलाई आफ्ना माग सुनाउन चाहन्छन् । तर, सरकार धर्नास्थल पुगिरहेको छैन।

स्वर्गद्वारी गुठी पीडित किसानहरू पहिलो पटक काठमाडौं आएका होइनन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित रेखा शर्माका अनुसार स्वर्गद्वारी गुठी पीडितहरू पटक-पटक काठमाडौं आएका छन्। उनीहरू काठमाडौं आएपछि मन्त्री, प्रधानमन्त्री र जनप्रतिनिधिहरूसँग भेट्ने गर्छन्। पटकपटक आफ्ना माग राख्छन् र फर्किन्छन्। तर ती मागको सुनुवाइ हुन सकिरहेको छैन ।

विगतमा भएका सहमति कार्यान्वयन नभएको र समस्या समाधानमा सरकारको तदारुकता नदेखिएको भन्दै उनीहरूले फेरि काठमाडौं आएका हुन्। गुठी पीडित मोही किसानहरूका मुख्यत: तीन वटा माग छन् ।

पहिलो: विशेष प्रकृतिको भनिएको निजी गुठी जग्गाका निष्काशित मोहीको हक पुनर्स्थापित गरियोस् ।

दोस्रो: किसानले बुझाउनुपर्ने रैतानी वापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गरियोस् ।

तेस्रो: जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था गरियोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *