महोत्तरी, २२ फागुन । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय महोत्तरीमा बुधबार वडाध्यक्षहरूले तालाबन्दी गरेका छन्। उनीहरूले प्रदेश सरकारले योजनाहरू दलालहरू मार्फत दबाब दिई वडा कार्यालयमा पठाउने गरेको आरोप लगाएका छन् ।
वडाध्यक्षहरूको भनाइमा, प्रदेश सरकारले खुल्ला र प्रतिस्पर्धी प्रक्रियामा योजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता भए पनि त्यसको उल्लंघन गर्दै उपभोक्ता समितिमार्फत योजनाहरू संचालन गर्न खोजिएको आरोप छ । उनीहरूले भौतिक पूर्वाधार विकास मन्त्रालयमाथि कमिसनको खेल चलाउने र योजनाको कार्यान्वयनमा अनियमितता गर्ने आरोप लगाएका छ न्।
तालाबन्दीका क्रममा वडाध्यक्षहरूले प्रमुख राजेश लाल कर्णको हस्ताक्षर भएको पत्र दलालमार्फत पठाउने कार्यको विरोध गरेका छन्। यसबारे विभिन्न कार्यालयमा लिखित र मौखिक जानकारी दिइए पनि कुनै कारबाही नभएको गुनासो उनीहरूले सार्वजनिक गरेका छन् ।
वडाध्यक्षहरूले भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवमाथि कमिसन लिने आरोप समेत लगाएका छन् र कर्णलाई कारबाही नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिएका छन् ।
यस घटनाले मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विभागको कार्यशैलीलाई अझै विवादास्पद बनाएको छ।
प्रतिक्रिया