वीरगन्ज :

महोत्तरीमा दलगत उम्मेदवारको तुलनामा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी

श्रेणी : मधेस

3 days
Pradeep Sah
1.7kViews
1766 Shares

महोत्तरी,०८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी जिल्लामा दलगत उम्मेदवारको तुलनामा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी देखिएको छ। चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा कुल ८८ जना स्वतन्त्र उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् भने विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दिने संख्या ५५ जनामा सीमित रहेको छ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलगत उम्मेदवारमध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना, क्षेत्र नम्बर २ र ३ मा समान १५–१५ जना तथा क्षेत्र नम्बर ४ मा १३ जनाले उम्मेदवारी दिएका छन्। यता, स्वतन्त्र उम्मेदवारको संख्या निर्वाचन क्षेत्र नम्बर ३ मा सबैभन्दा बढी २७ जना रहेको छ। क्षेत्र नम्बर ४ मा २४, क्षेत्र नम्बर २ मा २२ र क्षेत्र नम्बर १ मा १५ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

महिला उम्मेदवारको सहभागितामा पनि स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य देखिएको छ। जिल्लाभर कुल १९ जना महिलाले उम्मेदवारी दर्ता गराएकामा १० जना स्वतन्त्र उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलले जानकारी दिए।

उनका अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा समान पाँच–पाँच जना, क्षेत्र नम्बर ३ मा दुई जना र क्षेत्र नम्बर ४ मा सात जना महिला उम्मेदवार रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *