वीरगन्ज :

महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव फेला

श्रेणी : अपराध

1 year
Pradeep Sah
1.9kViews
1702 Shares

काठमाडौं, ८ माघ । महोत्तरीमा एक युवकको शव अर्धनग्न अवस्थामा फेला परेको छ । सोनमा गाउँपालिका वाड नम्बर २ बस्ती छेउमा स्थानीय पूर्वगाविस अध्यक्ष गोकुल यादवका २९ वर्षीय छोरा ज्ञानेन्द्र भनिने ज्ञानु यादव रहेको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नन्दकुमार चौहानका अनुसार आज बिहान शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए ।

घटना र शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ ।

घटनास्थलमा तालिम प्राप्त कुकुर टोलीसमेत ल्याएर अनुसन्धान अगाडि बढाएको छ ।

शव अर्धनग्न अवस्थामा रहेको र गम्छाले घाँटी थिचिएजस्तो देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *