वीरगन्ज :

महिला ५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

श्रेणी : खेलकुद

2 years
birgunj report
5Views
0 Shares

पोखरा । एथलेटिक्स महिला ५ हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले पोखरा रंगशालामा बुधबार बिहान निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

पुलिसकी राजपुरा पछाइले १७ मिनेट १२.०५ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् ।  आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै काँस्य पदक जितिन् । सन्तोषीले १० हजार मिटरमा पनि स्वर्ण जितेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *