वीरगन्ज :

महिला स्वयम् सेविकाहरुलाई सम्मान

श्रेणी : मधेस

10 months
Pradeep Sah
2.5kViews
1397 Shares

वीरगंज (पर्सा), २७ कात्तिक । पोखरिया नगरपालीकाले मंगलबार एक कार्यक्रमका बिच महिला स्वयम् सेविकाहरुलाई सम्मान गरेकाे छ । पोखरिया नगरपालीकाको स्वास्थय शाखाकाे आयोजना भएकाे कार्यक्रममा नगरपालिकाका अन्तर्गतका ५४ जना महिला स्वयम् सेविकाहरुलाई सम्मान गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथी नगरपालिकाका प्रमुख प्रदुमन प्रसाद चाैहानले नगरपालिकाकाे वडा नं. १ देखि १० सम्मका महिला स्वयेम् सेविकालाई छाता १ थान, टर्च लाईट १ थान, टावल १ थान र  बैग १ थान वितरण गरेर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर चौहानले महिला स्वयेम् सेविकाहरुले आफ्नो जिमेवारी ईमान्दारी पूर्वक निर्वाह गरेकोले  नगरपालीकाले समान गररेको बताए । उनले अउने दिनमा अझ राम्रो गर्ने अपेक्षा राखेको भन्दै विश्वास समेत व्यक्त गरेको वताए । नगरपालिकाका स्वास्थ्य शाखा सहायक शिव पटेलको अध्यक्षतामा नगरपालिकाकाे सभा हल मै भएकाे कार्यक्रममा प्रशासन शाखा तथा योजना शाखा प्रमुख सँजय पाण्डेय, रन्जु मिश्रा, लक्ष्मण साह लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *