वीरगन्ज :

महिला यु-१९ विश्वकप तयारी: नेपाली टिमको चितवनमा बन्द प्रशिक्षण सुरु

श्रेणी : खेलकुद

4 months
Pradeep Sah
1.8kViews
1192 Shares

चितवन,११ पिुस । महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरूप नेपाली टिमले चितवनको भरतपुरमा बन्द प्रशिक्षण सुरु गरेको छ। बुधबारदेखि भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा प्रशिक्षण सुरु भएको हो।

आगामी माघ ५ गते मलेसियामा हुने महिला यु-१९ विश्वकपका लागि टिमले पुस २२ गतेसम्म प्रशिक्षण गर्नेछ। प्रमुख प्रशिक्षक महेशप्रसाद रिजालले ब्याटिङ, बलिङ, र फिटनेस सुधारमा विशेष ध्यान दिइने जानकारी दिएका छन्।

टोली व्यवस्थापक विनोद दासले चितवनको क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको रहेको भन्दै यहाँ प्रशिक्षण गर्न उपयुक्त वातावरण रहेको बताए। भरतपुर महानगर प्रमुख रेनु दाहालले टिमको सफलताको शुभकामना दिँदै महानगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन्।

नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले क्यान र भरतपुर महानगरको समन्वयमा यो प्रशिक्षणको व्यवस्था गरिएको बताए। उनले निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा सन् २०२७ को महिला यु-१९ विश्वकप आयोजना गर्न सकिने संकेत पनि गरे।

१८ खेलाडीसहितको नेपाली टोली यही पुस २७ गते मलेसिया प्रस्थान गर्नेछ। नेपाली टोलीले जनवरी १८ मा बङ्गलादेश, २० मा स्कटल्याण्ड, र २२ मा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *