वीरगन्ज :

महिलाको शव नग्न अवस्थामा फेला

श्रेणी : अपराध

1 year
Pradeep Sah
1.8kViews
1965 Shares

दमक,३० माघ । झापाको शिवसताक्षी नगरपालिका–११, दूधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ।

५५ वर्षीया गङ्गाकुमारी लिम्बूको शव मंगलबार राति आफ्नै घरभित्र भेटिएको वडाध्यक्ष बहादुर आङ्बोले बताए। सोमबारदेखि सम्पर्कविहीन रहेकी लिम्बूलाई छिमेकीहरूले झ्यालबाट हेर्दा भान्साकोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोरेर शव बाहिर निकाली दमक अस्पताल पुर्याएको थियो। वडाध्यक्षका अनुसार लिम्बूका श्रीमान् भारतमा बस्दै आएका छन्।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *