वीरगन्ज :

महाशिवरात्रि पर्वमा यसरी गरिँदैछ ट्राफिक व्यवस्थापन

श्रेणी : राष्ट्रिय

3 years
birgunj report
21Views
0 Shares

काठमाडौं । शिवरात्रिमा हुने चहलपहललाई मध्यनगर गर्दै ट्राफिक प्रहरीले सवारी साधनको रुट तोकेको छ । आज रातिदेखि नै गौशाला क्षेत्रमा हुने चापलाई मध्यनजर गर्दै गौशाला भएर जाने सवारीको रुट तोकिएको ट्राफिक प्रहरीले जनाएको छ।

अब गौशाला क्षेत्र जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने छ ।

त्यसैगरी मालवहाक सवारी साधानहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने छ। गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *