वीरगन्ज :

महानगरले १५ दिनभित्र माग सम्बोधन नगरे सिसडोलमा फोहोर फाल्न नदिने प्रभावित क्षेत्रका बासिन्दाको चेतावनी

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले काठमाडौं महानगरपालिकालाई सहमति कार्यान्वयनका लागि १५ दिने अल्टिमेटम दिएका छन् ।

धुनीवेशी र ककनीका प्रमुखसहित प्रभावित वडाका अध्यक्ष र सरोकारवाला निकायबीच भएको बैठकले यसअघि भएको सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिने निर्णय गरेको हो ।

धुनीवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले विज्ञप्ति जारी गरी १५ दिनभित्र माग सम्बोधन नभए संघर्ष गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सहमति भएको एक वर्ष पुग्न लाग्यो तर कार्यान्वय भएन। पटक–पटक ध्यानाकर्षण गर्यौं, संघर्ष गर्यौं तर उहाँहरूले सुन्नु भएन अबको १५ दिनभित्र अघिल्लो सहमति कार्यान्वयनको प्रक्रियामा नलगिए बञ्चरेडाँडामा फोहोर ल्याउन दिन्नौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *