वीरगन्ज :

मलाई बोल्न आउँदैन भन्छन्, त्यसैले क्लास लिइरहेकी छु : आशिका तामाङ

श्रेणी : प्रदेश

2 hours
Pradeep Sah
2.4kViews
1187 Shares

काठमाडौं,०४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङले आफूलाई प्रभावकारी रूपमा बोल्न र संसद्मा प्रस्तुत हुन सिक्न अभिमुखीकरण कक्षामा सहभागी भइरहेको बताएकी छन्।

रास्वपाले ललितपुरको ग्वार्कोमा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी तामाङले उक्त प्रशिक्षण आफ्नो लागि निकै उपयोगी भएको प्रतिक्रिया दिइन्। उनले आफूजस्ता नयाँ सांसदहरूका लागि यस्तो कार्यक्रम आवश्यक रहेको उल्लेख गरिन्।

सांसद तामाङले आफूलाई “बोल्न नजान्ने” भनेर आलोचना गर्नेहरूलाई संकेत गर्दै भनिन्, “मलाई बोल्न आउँदैन भन्ने कुरा धेरैले उठाइरहनुभएको छ, त्यसैले म अझ राम्रोसँग सिक्ने प्रयासमा छु। तपाईंहरूसँग राम्रोसँग बोल्न सकूँ भनेर क्लास लिइरहेकी छु।” उनले आफूलाई अनावश्यक रूपमा आलोचना गरिरहेको गुनासो पनि गरिन्। “सोझो मान्छेलाई नै बढी लक्ष्य बनाइन्छ भन्ने जस्तो अवस्था भइरहेको छ,” उनले भनिन्।

तामाङले अहिले आफू जवाफदेही भूमिकामा पुगेको बताउँदै त्यसलाई चुनौतीपूर्ण अनुभव गरिरहेको पनि उल्लेख गरिन्। साथै, नयाँ सांसदहरूलाई मार्गदर्शनको आवश्यकता हुने भन्दै पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमले त्यो कमी पूरा गरेको बताइन्। उनले भनिन्, “मजस्तै धेरै सांसद नयाँ हुनुहुन्छ। कसले गाइड गर्छ भन्ने डर थियो, तर पार्टीले यस्तो कार्यक्रम राखेर सहज बनाएको छ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *