वीरगन्ज :

मलाई दिएको मत तनहुँ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि भन्ने बुझेको छुः स्वर्णिम वाग्ले

श्रेणी : राजनीति

2 years
birgunj report
5Views
0 Shares

काठमाडौं । तनहुँ एकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेले आफूलाई विजयी गराउने मतदातालाई धन्यवाद दिएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत वाग्लेले आफू र आफ्नो पार्टीप्रति मतदाताले देखाएको अपार स्नेह, विश्वास र भरोसाप्रति सदैब ऋणी हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘सम्पूर्ण मतदाताहरूले मलाई र हाम्रो पार्टी प्रति देखाउनु भएको अपार स्नेह, विश्वास र भरोसा प्रति म सदैब ऋणी हुनेछु । यस क्षेत्र बाहेकका देशका सम्पूर्ण सचेत नागरिकहरू जस्ले प्रत्यक्ष अप्रत्यक्षरूपमा आ–आफ्नो स्थानबाट गर्नु भएको सहयोग र प्रेरणाका लागि धन्यवाद । विदेशमा रहनुभएका सम्पूर्ण देशप्रेमी जनसमुदायहरू जस्ले आफ्नो मातृभूमिको विकाशका लागि आशा सञ्चार प्रवाह गर्ने विश्वासका साथ मलाई देखाउनु भएको सद्भाव र सहयोग प्रति धन्यवाद । यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु भएको प्रत्येक मतको मूल्य, महत्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईँहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु ।’

उनले आफूलाई दिएको मत तनहुँ क्षेत्र नम्बर. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गरेको भन्ने आसयका साथ बुझेको बताएका छन् । उनले चुनावी प्रचार प्रसारका क्रममा गरिएका वाचालाई लिपिवद्ध गरि स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिहरू लगायत यहाँहरूसँगको नियमित सम्पर्क र अन्तरक्रिया मार्फत योजनाहरू अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

उनले भनेका छन्, ‘देशका अन्य पार्टीका नेतागण कार्यकर्ता र मतदाताहरूमा लोकतन्त्रको उच्चतम अभ्यासमा सहभागी भई जीतहारको प्रक्रियालाई स्वभाविक रूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु ।’ वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरे भने एमालेका सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *