वीरगन्ज :

मन्त्री यादव र मेयर सिंहलाई धम्की प्रकरणमा साहविरुद्ध तीन मुद्दा दर्ता

श्रेणी : BANNER

7 months
Pradeep Sah
2.2kViews
1903 Shares

बीरगन्ज,१६ भदौ । संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहलाई टेलिफोनमार्फत धम्की दिएको आरोपमा बारा, कलैयाकी २३ वर्षीया किरण साहविरुद्ध तीनवटा अपराधसम्बन्धी मुद्दा दर्ता गरिएको छ।

पर्सा प्रहरीले जनाएको अनुसार साहमाथि साइबर क्राइम, संघीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा जानकारीको अफवाह फैलाउने आरोपमा मुद्दा दायर गरिएको हो।

प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, साहलाई शनिबार बीरगन्जबाट पक्राउ गरी प्रारम्भिक सोधपुछपछि आइतबार जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले अनुसन्धानका लागि थप तीन दिनको म्याद दिएपछि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले अनुसन्धान पूरा भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *