वीरगन्ज :

मन्त्रीहरूको कार्यसम्पादन नतिजामुखी हुनुपर्छः प्रधानमन्त्री

श्रेणी : समाचार

1 year
birgunj report
6Views
0 Shares

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभागीय मन्त्रीहरूको कार्यसम्पादन नतिजामुखी हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार भरतपुर वडा नन्बर २२ पटिहानीमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्रीले नमुना काम गरेर देखाउनसमेत मन्त्रीहरूलाई आग्रह गरे ।

उनले हरेक महिना प्रगति विवरण बुझाउनुपर्ने गरी मन्त्रीहरुसँग सम्झौता गरिएको जानकारी दिए। अहिलेको सरकार सुशासन, न्याय र समृद्धिको लागि दृढ भएर काम गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा समृद्धिको यात्रा अगाडि बढाउँदै सुशासन कायम गरेर भ्रष्टाचारको अन्त्य गर्न सरकार लागिपरेको बताए ।प्रचण्डले बुढीगण्डकीलगायतका ठूला परियोजनाहरुको निर्माण कार्य अगाडि बढ्न लागेको भन्दै एउटै परियोजनाबाट १० हजार मेगावाटसम्म विद्युत निकाल्ने गरी काम भैरहेको बताए । विदेश जाने युवा र स्वदेशभित्र नै उत्पादन गर्न चाहने युवाहरुका पक्षमा सरकारले महत्वपूर्ण निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।शुक्रबार साँझ चितवन आएका प्रधानमन्त्री प्रचण्ड भरतपुर–१४ स्थित आफ्नै निवासमा बसेका छन् । उनी आज शनिबार पनि चितवनमै रहने कार्यक्रम रहेको छ । पारिवारिक भेटघाटका क्रममा प्रधानमन्त्री प्रचण्ड गृहनगर भरतपुर आएका हुन् । धर्मपत्नी सीता दाहालको मृत्युपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक चितवन आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *