वीरगन्ज :

मन्त्रीहरुलाई राष्ट्रहितमा काम गर्न ओलीको निर्देशन

श्रेणी : BANNER

3 years
birgunj report
29Views
0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनहितमा काम गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बिहान निजी निवास बालकोटमा बोलाएर अध्यक्ष ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा बिना विभागीय मन्त्रीहरु दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्रकुमार राई बालकोट पुगेका थिए । पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा एमालेबाट चार मन्त्री सहभागी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *