वीरगन्ज :

मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

श्रेणी : समाचार

3 years
birgunj report
171Views
0 Shares


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनका दलहरुको बैठक बोलाइएको छ ।

आज अपरान्ह चार बजे गठबन्धनका दलहरुको बैठक बोलाइएको हो । सरकार विस्तारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका थिए । तीन नेताको छलफलपछि आज गठबन्धन दलको बैठक बोलाइएको हो ।

चैत ६ मा संसदमा दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय बाँडफाँटका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको हो । आज बस्ने सत्ता गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *