वीरगन्ज :

मन्त्रालय बाँडफाँटको टुंगो लगाउन बालुवाटारमा सत्ता साझेदार दलको बैठक

श्रेणी : राजनीति

2 years
birgunj report
15Views
0 Shares

काठमाडौं । मन्त्रालयको बाँडफाँटको टुंगो लगाउन सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

बैठकमा बैठकले मन्त्रालय भागबन्डाबारे निर्णय गर्ने बताइएको छ । यसअघि आजै बिहान प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको थियो । भेटपछि प्रधानमन्त्रीले मन्त्रालयको भागबण्डाको टुंगो आजै लाग्ने बताएका थिए । १० पुसमा एमालेसहित सात दलको समर्थनमा प्रधानन्त्री नियुक्त भएका प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *