वीरगन्ज :

मन्त्रालय परिसरमै ओछ्यानदेखि भान्सासम्मको व्यवस्था मिलाए मन्त्री महावीर पुन

श्रेणी : BANNER

2 weeks
Pradeep Sah
2.3kViews
1022 Shares

काठमाडौँ,०८ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्री बनेको पहिलो दिनदेखि नै नयाँ तरिका अपनाएका छन्। उनले २४ सै घण्टा मन्त्रालयमै बस्ने घोषणा गर्दै केशरमहलस्थित मन्त्रालय परिसरमै ओछ्यानदेखि भान्सासम्मको व्यवस्था मिलाएका छन्।

मंगलबारदेखि उनले मन्त्रालयमै बस्न थालेका छन्। कार्यकक्षसँगै रहेको खाली कोठामा खाने–बस्ने सुविधा मिलाइएको प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए। पुनले आफू आफैं पकाएर खाने बताउँदै, “जहाँ काम गर्छु, त्यहीं बस्ने मेरो बानी हो,” भनेका छन्।

२४ भदौको आगजनीपछि शिक्षा मन्त्रालय अस्थायी रूपमा केशरमहलमा सारिएको हो। त्यही भवनमा मन्त्रीको कार्यकक्षसँगै उनको बासको व्यवस्था गरिएको छ। सुरक्षाकर्मीलाई समेत मन्त्रालयमै बस्ने व्यवस्था मिलाइएको छ।

मन्त्रालयमा बस्दै पुनले पहिलो दिनै तीनबुँदे निर्देशन जारी गरेका छन्। जसअनुसार, प्रत्येक सामुदायिक विद्यालयमा अनिवार्य रूपमा कम्प्युटर शिक्षक नियुक्त गर्नुपर्ने, विश्वविद्यालयहरूले परीक्षाको नतिजा बढीमा ३ महिनाभित्रै सार्वजनिक गर्नुपर्ने, र त्रिभुवन विश्वविद्यालय परिसर सफा गर्दै आकर्षक बनाउनुपर्ने निर्देशन दिएका छन्।

उनले समयमै नतिजा ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्का गरिने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *