वीरगन्ज :

मनी ट्रान्सफर सञ्चालकमाथि गोली हानेकाे आरोपमा ३ जना पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.7kViews
1669 Shares

वीरगंज । रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला निवासी चिरैया दिपही गाउँ वडा नं. २ निवासी १९ बर्षीय मुनिफ कुमार यादव, साेही ठाउँ निवासी १८ बर्षीय राज कुमार पासवान उर्फ सुभाष पासवान र २० बर्षीय चन्द्रभान सिंह उर्फ चुनु कुमार सिंह रहेकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

शुक्रबार दिउँसो १ बजे रौतहटको परोहा नगरपालिका–९ मा शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षका नितेश साहमाथि लुटेरा समूहले गोली प्रहार गरेको थियो ।

घटनालगत्तै खटिएको प्रहरीले खोजतलास गर्दा तीन जना भारतीय नागरिक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायब उपरीक्षक (डीएसपी) एलिजा गिरीले जानकारी दिइन् ।

उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल, पेस्तोल गोली लगायतका सामान बरामद गरेको छ ।

गोली प्रहारबाट घाइते भएका नितेशको बाराको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार गरिएको थियो ।

आँखामा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको तिलगंगा आँखा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी गिरीले जानकारी दिइन् । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *