वीरगन्ज :

मनहरीमा स्कर्पियो र कार ठोक्किँदा ८ गम्भीर घाइते

श्रेणी : प्रदेश

5 months
Pradeep Sah
2.8kViews
1023 Shares

हेटौँडा,२७ पुस । मकवानपुरको मनहरीमा शनिबार भएको सवारी दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन्। मनहरी गाउँपालिका–६, डिपार्टस्थित पूर्व-पश्चिम राजमार्गमा स्कर्पियो र कार आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बीरगन्जबाट चितवनतर्फ गइरहेको स्कर्पियो (बागमती प्रदेश ०१–०२६ च ५२५०) र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको कार (बा १६ च ८३२४) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएका सबै व्यक्तिहरूको अवस्था गम्भीर रहेको र थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *