वीरगन्ज :

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

श्रेणी : समाज

2 years
birgunj report
140Views
0 Shares

जनकपुरधाम । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको बिहीबार बिहान निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो । उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए ।

डा साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *