वीरगन्ज :

मधेस सरकारले नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाका रुपमा विकास गर्ने घोषणा

श्रेणी : मधेस

9 months
Pradeep Sah
2.2kViews
1344 Shares

बीरगन्ज,२४ जेठ । मधेस प्रदेश सरकारले बीरगन्जस्थित नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद रंगशालाका रुपमा विकास गर्ने योजना सार्वजनिक गरेको छ। प्रदेश सरकारले नयाँ आर्थिक वर्ष २०८२/०८३ का लागि तयार पारेको नीति तथा कार्यक्रममा नारायणी रंगशाला र जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालालाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने घोषणासहित खेल क्षेत्रको विकासमा जोड दिने प्रतिबद्धता जनाइएको छ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले मधेस प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेल क्षेत्रलाई व्यवस्थित र गतिशील बनाउन यी रंगशालाहरुको आधुनिकीकरण र विकासका लागि प्राथमिकता दिने उल्लेख गर्नुभएको छ। साथै, सार्वजनिक तथा निजी क्षेत्रको साझेदारीमा यी रंगशालाहरु सञ्चालनमा ल्याउने योजना रहेको पनि स्पष्ट पारिएको छ।

यसअघि संघीय सरकारले पनि आगामी आर्थिक वर्षका लागि नारायणी रंगशालाको जीर्णोद्वार र मर्मतसम्भारका लागि ४ करोड रुपैयाँ विनियोजन गरिसकेको छ, जसले रंगशालाको स्तर सुधारमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

मधेस प्रदेशको यो पहलले खेलकुद विकासमा सकारात्मक प्रभाव पार्ने र स्थानीय खेलाडीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *