
श्रेणी : मधेस
जनकपुर,२७ चैत । मधेस प्रदेश सरकारमाथि उठेको प्रश्नको छानविन गर्न संसदीय छानविन समिति गठन गरिएकाे छ। बुधबार बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेशमा सरकारमाथि उठेको प्रश्नहरुलाई उचित र वस्तुवादी छानविनका लागि संसदीय छानविन समिति गठन गर्न निर्देशन दिएका हुन्।
मधेस सरकारले योजना खरिद विक्री गरेको, मुख्यमन्त्री सतिशकुमार सिंह कूटनीतिक मर्यादा विपरित भारत भ्रमणमा गएका, सशर्त अनुदानलगायतको विषयमा विपक्षी दलका सांसदहरुले प्रश्न गर्दै बैठक अवरुद्ध गर्दै आएको थियो।
प्रदेशसभा सचिवालयमा सभामुख मण्डलले बोलाएको सर्वदलीय बैठकमा भएको निर्णय अनुसार छानविन समिति गठन गरिएको हो।
आजको बैठकमा अर्थमन्त्री सुनिल यादव, भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव र मुख्यमन्त्री सतिशकुमार सिंहले सदनमा उठेको प्रश्नको जवाफ दिएपछि सभामुख मण्डलले छानविन समिति गठन गरेका हुन् ।


प्रतिक्रिया