श्रेणी : अर्थ
बीरगन्ज,१७ पुस । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले कृषि औजार कारखानाको निरीक्षण गर्दै त्यसको उत्पादन प्रक्रिया र सम्भावित सुधारका उपायहरुबारे चर्चा गरेका छन्। मन्त्री क्षेत्रीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित कृषि औजार कारखानामा आज बिहान पुगेर राष्ट्रिय आविष्कार केन्द्रद्वारा सञ्चालन भइरहेको कारखानाको अवलोकन गरे।
नेपालमा कृषिको यान्त्रीकरण र औद्योगिकीकरणको आवश्यकता प्रकट गर्दै मन्त्री क्षेत्रीले मधेसका किसानहरुलाई उपयुक्त कृषि औजार उपलब्ध गराउन प्रदेश सरकारका तर्फबाट सहुलियतमा औजार उत्पादन गर्ने पहल गर्न सकिने बताए। उनले विशेष गरी गाँजाको बोटबाट उत्पादित सामग्रीहरूको कृषि प्रयोगको सम्भावना र तेस्रो मुलुकमा निर्यात हुने सम्भावनाबारे चर्चा गरे। मन्त्री क्षेत्रीका अनुसार गाँजाबाट बनेका औजारहरूको उत्पादनले बगर जमिनमा पनि कृषि गतिविधि प्रवर्द्धन गर्न मद्दत पुर्याउनेछ।
कृषि औजार कारखानाका प्रमुख इञ्जिनियर रितेश देवले हाल विभिन्न मेशिनहरूको परीक्षण भइरहेको जानकारी दिँदै आगामी दिनहरूमा गुणस्तरीय कृषि औजार उत्पादन गर्न अग्रसर रहने बताएका छन्।
प्रतिक्रिया