
श्रेणी : मधेस
1.8kViews
1537
Shares
जनकपुर,०९ माघ । नेपाल विद्युत् प्राधिकरणले मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्न तयारी गरिरहेको छ। प्राधिकरणका मधेस प्रदेश प्रमुख शम्भु कुसियतले मंगलबार सप्तरीको सुरुङ्गा नगरपालिकास्थित लक्ष्मीपुरमा आयोजित कार्यक्रममा यो योजना सार्वजनिक गरे।
कुसियतका अनुसार प्रदेशका ९९ प्रतिशतभन्दा बढी क्षेत्र विद्युतीकरण भइसकेको छ। पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, र सप्तरी जिल्लामा पूर्ण विद्युतीकरण सम्पन्न भएको छ। सिरहाका केही क्षेत्र बाँकी रहेकाले पूर्ण विद्युतीकरण घोषणामा केही ढिलाइ भएको बताए।
साथै, लक्ष्मीपुर–सुरुङ्गा फ्युज सेवा तथा महसुल सङ्कलन काउण्टर सञ्चालनमा आएसँगै स्थानीयलाई सहज सेवा प्रदान गरिने वडाध्यक्ष किरणकुमार पोखरेलले बताए।

प्रतिक्रिया