वीरगन्ज :

मधेस प्रदेशलाई धार्मिक पर्यटनको ‘हब’ बनाउन तयारीमा : मुख्यमन्त्री सिंह

श्रेणी : धर्म संस्कृति

2 weeks
Pradeep Sah
1.7kViews
1325 Shares

जनकपुर,०९ माघ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशलाई धार्मिक पर्यटनको ‘हब’ बनाउनका लागि तयारी भइरहेको बताएका छन्। उनले सोमबारकाे संवादमा जानकारी दिइन् कि, प्रदेश सरकारले धार्मिक र सांस्कृतिक स्थलहरूको मर्मत र सौन्दर्यकरणका लागि बजेट छुट्याएर पर्यटन क्षेत्रको प्रवर्धन गर्न काम सुरु गरेको छ।

मधेस प्रदेशमा पर्यटन प्रवर्द्धनका नाममा यतिबेला मन्दिर, मस्जिद, गुम्बा मर्मत गर्न भन्दै ठुलो रकम खर्च भइरहेको छ । प्रदेश सरकारले चार वटा पर्यटन विकास कार्यालय स्थापना गरेको छ, जुन कार्यालयले दुई–दुई जिल्ला हेर्ने जिम्मेवारी पाएका छन् । ती कार्यालयमार्फत प्रदेश सरकारले टुक्रे योजना कार्यान्वयन गरिरहेको छ ।

मुख्यमन्त्री सिंहले भने, “हाम्रो उद्देश्य धार्मिक पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गरेर मधेस प्रदेशलाई एक प्रमुख पर्यटन स्थल बनाउने हो।” उनीहरूले टुक्रे योजनाहरूको माध्यमबाट स्थानीय पर्यटकीय गन्तव्यहरूको सञ्जाल बनाउने तयारी गरेको पनि बताए।

भारतबाट आउने पर्यटकहरूका लागि सीमामै होल्डिङ सेन्टर बनाउने योजना पनि अघि सारेका छौँ । सवारी साधनहरूको सहजताका लागि पनि हामीले काम अगाडि बढाएका छौँ । यहाँ धार्मिक पर्यटकीय क्षेत्र धेरै रहेकाले पहिलो प्राथमिकतामा त्यसलाई नै राखेर प्रदेश सरकारले योजना अघि सारेको छ ।

हाम्रो प्रदेशमा खासगरी जानकी मन्दिर, राम मन्दिर, संकटमोचन, विवाहमण्डप, गंगासागर जस्ता धेरै पौराणिक इतिहास बोकेका गन्तव्य छन् । यतिमात्रै होइन, गढीमाई मन्दिर, रौजा मजार, बाल गंगा नदी, दुधमती नदी, सिम्रौनगढको ऐतिहासिक ठाउँ छ । जैन धर्मावलम्बीहरूको पनि दुई वटा धार्मिक स्थल छन् । यी मुख्यमुख्य ठाउँहरू त हाम्रो जानकारीमा छ नै । प्रदेशमा रहेका अन्य पर्यटकीय गन्तव्यहरू सूचीकृत गर्ने कार्य भइरहेको छ ।

प्रदेशमा भएका पर्यटकीय गन्तव्यहरूको विकास र सम्वर्द्धनका लागि प्रदेश सरकारले के कदम चालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *