वीरगन्ज :

मधेस प्रदेशमा बैशाख २३ र जेठ २८ गते सार्वजनिक बिदा हुने

श्रेणी : धर्म संस्कृति

4 months
Pradeep Sah
2.2kViews
1559 Shares

जनकपुर,२१ बैशाख । मधेस प्रदेश सरकारले सीता जयन्ती र कविर दास जयन्तीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी सूचनाअनुसार बैशाख २३ गते (मंगलबार) र जेठ २८ गते (बुधबार) प्रदेशभर सार्वजनिक बिदा हुनेछ ।

मन्त्रालयले आइतबार एक सूचना प्रकाशित गर्दै यो निर्णय सार्वजनिक गरेको हो। सूचनामा भनिएको छ कि मधेस राजपत्रमा प्रकाशित निर्णयअनुसार, २०८२ सालमा थप बिदाका रूपमा यी दुई धार्मिक अवसरमा प्रदेशभर बिदा दिइनेछ।

सीता जयन्ती जानकी नवमीको दिन मनाइन्छ, जुन मिथिलाञ्चलमा विशेष धार्मिक महत्व राख्दछ। त्यसैगरी, कविर दास जयन्ती पनि मधेस क्षेत्रमा सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण दिनका रूपमा मनाइन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *