वीरगन्ज :

मधेस प्रदेशमा चौथो अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस

श्रेणी : मधेस

5 months
Pradeep Sah
2.6kViews
1070 Shares

जनकपुर,१८ पुस । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पुस २३ गतेका लागि प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ।

आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) अनुसार प्रदेश सभाको चौथो अधिवेशन पुस २३ गते मङ्गलबार दिउँसो १ बजेका लागि बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार प्रतिपक्षी दलहरूले संसद् बन्धक बनाएको आरोप लगाइरहेको बेला सरकारले अधिवेशन बोलाउने निर्णय गरेको छ।

संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले सरकारको सिफारिसमा अधिवेशन आह्वान गर्नेछन्। प्रदेश सभाको दोस्रो कार्यकालमा हालसम्म ३६, १४, र ३४ वटा बैठक सम्पन्न भइसकेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन्।

यस अधिवेशनमा कृषिसम्बन्धी विधेयक, बीउबीजन विधेयक, पर्यटन विधेयक, र बालबालिकासम्बन्धी ऐन संशोधनलगायत महत्त्वपूर्ण प्रस्तावहरू छलफलका लागि पेश हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *