
श्रेणी : मधेस
जनकपुर,२२ वैशाख । मधेस प्रदेशमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमा प्रसाद चतुर्वेदीको सरुवा गरिएको छ।
नेपाल प्रहरीका ६ प्रदेश प्रमुख फेरबदलसँगै चतुर्वेदीलाई मधेस प्रदेशको नयाँ डिआइजीका रूपमा पठाइएको हो। यसअघि मधेसको नेतृत्व गर्दै आएका डिआइजी लालमणि आचार्यको बढुवा भएपछि चतुर्वेदीले उनको स्थान लिएका हुन्।
गृह मन्त्रालयमा आइतबार गृहमन्त्रीस्तरीय बैठक बसेपछि डिआइजीहरूको सरुवा निर्णय गरिएको हो।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार, अन्य प्रदेशमा निम्नानुसार सरुवा भएका छन् । कोशी प्रदेश – डिआइजी ईश्वर कार्की,बागमती प्रदेश – डिआइजी अरुण पौडेल,गण्डकी प्रदेश – डिआइजी दिनेश कुमार आचार्य,
लुम्बिनी प्रदेश – डिआइजी राजेन्द्र प्रसाद भट्ट,सुदूरपश्चिम प्रदेश – डिआइजी डम्बर बहादुर विक प्रहरी नेतृत्वमा भएको यो व्यापक फेरबदललाई कार्यक्षमता र अनुभवका आधारमा गरिएको मानिएको छ।


प्रतिक्रिया