वीरगन्ज :

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई सदनमा सतप्रतिशत मत प्राप्त

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सतप्रतिशत विश्वासको मत प्राप्त भएको छ । बुधबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेका हुन् ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले विश्वासको मत पाऊँ भनी सभामा प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको घोषणा गरे । मुख्यमन्त्री यादवलाई प्रदेशसभामा प्रतिनिधित्व गर्ने दशवटै दल र स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका हुन् ।

मधेस प्रदेशसभामा नेकपा(माओवादी केन्द्र)का दुई प्रदेशसभा सदस्यको शपथ ग्रहण बाँकी रहेकाले प्रदेशसभामा हाल एक सय पाँच सदस्य रहेका छन् ।

पुस २७ गते मुख्यमन्त्रीको दाबी पेश गर्दा सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको मात्रै समर्थन रहेकामा बुधबारको बैठकमा यादवले असाधारण अर्थात् उपस्थित सम्पूर्ण सदस्यको मत प्राप्त गरे ।

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा नेकपा (एमाले) २४, नेपाली कांग्रेस २२, जसपा १६, जनमत पार्टी १३, माओवादी केन्द्र नौ, लोकतान्त्रिक समाजवादी पार्टी सात, नेकपा (एकीकृत समाजवादी) सात, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी (एक/एक) र चार जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *