वीरगन्ज :

मधेस प्रदेशका आठै पत्रकार महासंघलाई पाँच–पाँच लाख अनुदान

श्रेणी : अर्थ

3 months
Pradeep Sah
1.6kViews
1318 Shares

जनकपुर,२७ जेठ । मधेस प्रदेश सरकारले सञ्चार क्षेत्रको सुदृढीकरण र पत्रकारहरूको संस्थागत सशक्तीकरणका लागि महत्वपूर्ण निर्णय गर्दै प्रदेशका सबै आठ जिल्लामा रहेका नेपाल पत्रकार महासंघका शाखाहरूलाई पाँच–पाँच लाख रुपैयाँ अनुदान दिने भएको छ।

प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले उक्त निर्णय सार्वजनिक गर्दै अनुदान आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत उपलब्ध गराउने जानकारी दिएका हुन्। मन्त्री लेखी स्वयं पत्रकारिता पृष्ठभूमिबाट आएका भएकाले सञ्चार क्षेत्रका समस्याहरूप्रति संवेदनशील रहेको उल्लेख गर्दै उनले भने, “पत्रकारहरूको अवस्था र समस्याहरू म आफैंले बुझेको छु, त्यसैले यो सहयोगले केही राहत मिलोस् भन्ने आशा राखेको छु।”

उनका अनुसार अनुदान रकम महासंघ शाखाहरूले कार्यालय सञ्चालन, मासलन्द, घरभाडा, कर्मचारी तलबभत्ता, बिजुली तथा पानी महसुल लगायतका शीर्षकमा खर्च गर्न पाउनेछन्। मधेस प्रदेशको इतिहासमै पत्रकार महासंघका सबै शाखालाई यसरी संस्थागत अनुदान दिने निर्णय पहिलो पटक हो।

सञ्चारमन्त्री लेखीले यसअघि पनि पत्रकार सुरक्षालाई मध्यनजर गर्दै दुर्घटना बिमा कार्यक्रम लागू गरिसकेका छन्। अब सोही योजनालाई थप विस्तार गर्दै पत्रकारहरूको जीवन बिमा योजना ल्याउने तयारी पनि भएको उनले बताए।

यसैबीच, हालै सम्पन्न गणतन्त्र दिवसका अवसरमा मधेस प्रदेश सरकारले पहिलोपटक प्रेस स्वतन्त्रता आन्दोलनमा योगदान पुर्‍याएका करिब डेढ दर्जन पत्रकारलाई सम्मान गरेको थियो। उनीहरूलाई नगद पुरस्कार, प्रशंसा पत्र र दोसल्लासहित अभिनन्दन गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *