वीरगन्ज :

मधेस प्रदेशका अस्पतालहरूमा चिकित्सकको तलब रोकिँदा स्वास्थ्य सेवा ठप्प

श्रेणी : मधेस

4 months
Pradeep Sah
1.9kViews
1664 Shares

बीरगन्ज,२१ चैत । मधेस प्रदेशमा चिकित्सक र स्वास्थ्यकर्मीको तलब भुक्तानी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। नेपाल चिकित्सक संघ मधेस प्रदेश कमिटीले आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले मधेस प्रदेश सरकारलाई ७२ घण्टाभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीको बाँकी तलब भुक्तानी गर्न अल्टिमेटम दिएको थियो।

तर, सरकारको बेवास्ताका कारण बिहीबार र शुक्रबार (चैत २१ र २२ गते) प्रादेशिक अस्पताललगायत सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिने संघका अध्यक्ष डा. निरज कुमार सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मधेस प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। प्रादेशिक अस्पताल मलंगवा, सर्लाही ४ महिनादेखि तलब रोकिएको छ। प्रादेशिक अस्पताल कलैया, बारा ४ महिनादेखि तलब नपाएको बताए ।

बालरोग विशेषज्ञ डा. रमेश खतिवडा, नेत्ररोग विशेषज्ञ डा.ऋचा मण्डलसहित ८ चिकित्सक प्रभावित,मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम, धनुषा २ महिनादेखि तलब नपाएको, १८ चिकित्सक र १७ स्वास्थ्यकर्मी प्रभावित,रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल, लहान ४ महिनादेखि तलब रोकिएको, ६ चिकित्सक र ६ स्वास्थ्यकर्मी समस्यामा, प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरी ४ महिनादेखि तलब नपाएको,१४ चिकित्सक र स्वास्थ्यकर्मी प्रभावित, लालबन्दी अस्पताल, सर्लाही ४ महिनादेखि तलब रोकिएको, ७ चिकित्सक समस्यामा, अन्य पीएचसीहरूस् कोहली पीएचसी बारा, पीएचसी महेन्द्रनगर धनुषा, गंगा पिपरा पीएचसी रौतहट, बरहथवा पीएचसी सर्लाहीमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको तलब रोकिएको छ।

संघले मधेस प्रदेश सरकारलाई ७२ घण्टाभित्र समाधान नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। संघका अध्यक्ष डा. सिंहले बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकारले बेवास्ता गरेकोू बताउँदै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *