वीरगन्ज :

मधेस खबरकी सम्पादक माधुरी महतो सम्मानित

श्रेणी : मधेस

2 hours
Pradeep Sah
1.6kViews
1593 Shares

बीरगन्ज,१५ भदौ । मधेस खबर अनलाइन न्युज पोर्टलकी सम्पादक माधुरी महतो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भएकी छन्।

शनिबार बीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको ‘वृहत महिला सम्मेलन २०८२’ मा पूर्वराष्ट्रपति भण्डारीले महतोसहित विभिन्न क्षेत्रमा समाजसेवा गरिरहेका २५ जना महिलालाई दोशल्ला ओढाएर कदरपत्र प्रदान गरी सम्मान गरेकी हुन्। महतो विगतमा बीबीसी नेपाली सेवामा पनि कार्यरत थिइन्।

कार्यक्रममा पूर्वराष्ट्रपतिले बारा र पर्सा क्षेत्रका महिलाहरू उद्योग, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा क्रियाशील भएकाले उनीहरू केवल परिवारको हिस्सा मात्र नभई सम्पूर्ण समाजको प्रगतिको आधार भएको बताउँदै आयोजक वीरगञ्ज उद्योग वाणिज्य संघलाई धन्यवाद दिइन्।

सम्मेलनको मूल नाराको विषय थियो—‘नारी शक्ति, समर्पण र सम्मान’—र यसअन्तर्गत सम्मानित महिलाहरूले आफ्नो क्षेत्रमा लामो समयदेखि समाजको लागि योगदान दिइरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *