जनकपुर,०७ चैत । मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आज आफ्नो ६ वर्षे कार्यकाल सम्पन्न गर्दै पदबाट अवकाश लिएका छन्। डा. दत्तले २०७५ सालको चैत्र ७ गते संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन प्राप्त गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए।
आयोगको अध्यक्षको रुपमा उनले नेतृत्व गरेका ६ वर्षमा आयोगले शून्य बेरुजु कायम गर्न सफल हुँदै विभिन्न महत्वपूर्ण कार्यहरू गरेको छ। डा। दत्तका अनुसार आयोगले मधेसी समुदायको राज्यमा पहुँच, थर सूचीकरण, नश्लीय दुर्व्यवहारका घटनाहरूमा कारबाही लगायतका महत्त्वपूर्ण पहलकदमीहरू अगाडि बढाएका छन्।
उनले आफ्नो कार्यकालमा ‘जनक दर्शन’ र ‘आयोगको ६ वर्षको अवसर र चुनौती’ लगायतका दर्जनौं प्रकाशन पनि प्रकाशित गरेका छन्।
प्रतिक्रिया