वीरगन्ज,०८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशभर कुल १ हजार ४२ जनाले मनोनयन दर्ता गराएका छन्। प्रदेशका आठवटै जिल्लाबाट उम्मेदवारी दर्ता भएको मधेस प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार आवश्यक सिटभन्दा करिब ३२ गुणा बढी उम्मेदवार मैदानमा उत्रिएका छन्। यसमध्ये १०१ जना महिला र ९४१ जना पुरुष रहेका छन्। जिल्ला अनुसार सबैभन्दा बढी उम्मेदवारी धनुषाबाट परेको छ। धनुषाबाट १३ महिला र १४५ पुरुष गरी १५८ जनाले मनोनयन दर्ता गरेका छन्। महोत्तरी र रौतहटबाट समान १४३–१४३ जना, सिरहा १३९, सर्लाही १३३, पर्सा १०९, बारा ११२ र सप्तरी १०५ उम्मेदवार छन्।
निर्वाचन व्यवस्थापन र सुरक्षा चुस्त बनाउन तयारी अन्तिम चरणमा पुगेको र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने योजना रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया