वीरगन्ज :

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका निर्णायकः मुख्यमन्त्री यादव

श्रेणी : BANNER

2 days
Pradeep Sah
2.2kViews
1526 Shares

जनकपुर,२४ चैत । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशको जनकपुरधाममा आयोजित सातौँ प्रदेश सभाको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले निजी क्षेत्रको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने स्पष्ट पारे। उनका अनुसार प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र आवश्यक सहजीकरणका काम अघि बढाइरहेको छ। “निजी क्षेत्रको सक्रियताबिना आर्थिक विकास सम्भव छैन, त्यसैले सरकारले लगानी आकर्षित गर्ने वातावरण बनाउँदैछ,” उनले भने।

कार्यक्रममा मधेस प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. सोहन साहले दीगो र समावेशी विकासका लागि दीर्घकालीन योजनामा जोड दिनुपर्ने बताए। उनले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। त्यस्तै, लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कृष्ण पराजुलीले प्रदेशहरूबीच सहकार्य र अनुभव आदानप्रदानले उद्योग–व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै लगानी प्रवर्द्धनमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।

महासङ्घका नवनिर्वाचित अध्यक्ष विजयकुमार साहले उद्योगी–व्यवसायीको हित संरक्षण गर्दै लगानीमैत्री वातावरण निर्माणमा सक्रिय रहने प्रतिबद्धता जनाए। कार्यक्रमका अध्यक्ष तथा महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले पूर्वाधार विकास र नीतिगत स्थिरता बिना आर्थिक समृद्धि सम्भव नहुने भन्दै उद्योगी–व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *