२०८२ जेष्ठ १०, शुक्रबार

वीरगन्ज :
१२:४३:४६

मधेसकेन्द्रित ८ दलको एकता प्रयास साझा एजेण्डा निर्माणको तयारी

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.2kViews
1260 Shares

काठमाडौं,१६ माघ । मधेसकेन्द्रित दलहरूले साझा एजेण्डामा एकता प्रयास थालेका छन्। पछिल्लो समय संविधान संशोधन र राजनीतिक दलसम्बन्धी ऐनमा बहस सुरू भएपछि यी दलहरू थप चनाखो बनेका हुन्।

जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको पहलमा सुरू भएको छलफलपछि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, रञ्जिता चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी र बृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबीच दुई बैठक सम्पन्न भइसकेका छन्।

संविधान संशोधन र मधेस आन्दोलनको एजेण्डा प्राथमिकता दलहरूले संविधान संशोधन, मधेस आन्दोलनका मुद्दा र समान धारणा निर्माणमा सहकार्य गर्ने गरी कार्यदल गठनको तयारी गरिरहेको त्रिपाठीले बताए। राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाका अनुसार यो सहकार्यले संसद्मा २८ जना सदस्यको समूह बनेर चौथो शक्ति बन्ने सम्भावना रहेको छ।

०६२/६३ को राजनीतिक परिवर्तनपछि मधेसकेन्द्रित दलहरूले पटक-पटक मोर्चा गठन र विभाजनको अनुभव गरेका छन्। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको गठनदेखि संविधान सभासम्मका संघर्षहरू यस क्षेत्रको राजनीतिक इतिहासका मुख्य पाटो बनेका थिए।

तर, सशक्त आन्दोलनपछि पनि चुनावका बेला दलहरू छुट्टाछुट्टै लड्दा अपेक्षित सफलता हासिल गर्न सकेनन्। विगतका गल्तीहरूलाई पुनरावृत्ति हुन नदिन र मधेसको मुद्दालाई अझ मजबुत बनाउन दलहरूले यसपटक साझा धारणा बनाएर अघि बढ्ने अठोट लिएको नेताहरूले बताएका छन्।

मधेस आन्दोलनलाई पुनर्जीवित गर्दै राजनीतिक सशक्तीकरणको बाटो खुलाउने यो प्रयास मधेसको भविष्यका लागि महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *