
श्रेणी : मधेस
2.3kViews
1026
Shares
जनकपुर,०८ माघ । मधेस प्रदेशका स्वास्थ्य मन्त्री शत्रुघनप्रसाद सिंह सवार गाडी जनकपुरको रामानन्द चोकमा दुर्घटनामा परेको छ। दुर्घटनामा मन्त्री सिंहसहित तीन जना घाइते भएका छन्।
दुर्घटना मधेस प्रदेशको ०२–००१ झ ०१६५ नम्बरको स्वास्थ्य मन्त्री सवार गाडीलाई मधेस प्रदेशकै ०३–००१ झ ००९६ नम्बरको खानेपानी डिभिजन कार्यालय पर्साको गाडीले ठक्कर दिँदा भएको हो।
जनकपुर प्रहरीका अनुसार, मन्त्री सिंहको छाती र पिठ्युँमा चोट लागेको भए पनि अवस्था खतरामुक्त छ। उनीहरूको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ। अन्य दुई जना घाइते व्यक्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको जानकारी गराइएको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया